वडा नं. २० ले पनि मजदुरकाे बिमा गर्ने
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, मनिकापुरले मजदुरकाे बिमा गर्ने भएकाे छ ।
वडाले त्यसका लागि गार्डियन माइक्राे लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडसंग सम्झाैता गरेकाे छ । इन्स्याेरेन्सले म्यादी लघु जीवन बिमा अन्तर्गत अटाेचालक, कृषि मजदुरलगायत दैनिक ज्यालादारी मजदुरलाई समेट्दैछ ।
मजदुरकाे बिमा गर्न वडाध्यक्ष काैशल धाेवी र इन्स्याेरेन्सका प्रमुख लक्ष्मी विष्टले सम्झाैता गरेका हुन् । भाेलीदेखि नै लक्षित वर्गकाे तथ्यांक संकलन हुने विष्टले जानकारी दिनु भयाे ।