नरैनापुरमा रनिङ शिल्ड प्रतियोगिता शुरु

नरैनापुर – जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ-गाउँमा खेलकुदकोक्रेजबढेको सदरमुकामकेन्द्रित हुँदै आएको रनिङ शिल्ड गाँउपालिका अध्यक्ष कप संगै राष्ट्रपति रनिङ शिल्ड शुरु पछि जिल्लाकै सबै भन्दा विकट मानिएको नरैनापुरका युवाहरुमा उत्साह देखिएको  

यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा बाँकेका केही पालिकामा सम्पन्न भएको भने नरैनापुरमा एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको  

नरैनापुर गाँउपालिकाका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले गर्नु भयो नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता नरैनापुर मा रहेको रंगशालामा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सञ्चालन हुनेछन्

प्रतियोगिताको बुधबार उद्घाटन गर्दै नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरालले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनु भयाे ।

उपाध्यक्ष श्रीवस्तवले ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकामा खेलको आयोजना गरिएको बताउनु भयो उहाँले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवका रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी खेल क्षेत्रकै हौसला बढाउन नरैनापुर गाँउपालिकाको उल्लेखीय भूमिका खेलेको बताउनु भएको थियो  

कार्यक्रममा वडा नं. अध्यक्ष इसाक जोलाह, का अध्यक्ष मसूद अहमद शाह, का अधयक्ष अजय मिश्रा, का अध्यक्ष मनोज शर्मा, का अध्यक्ष प्रेम मौर्य, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी जिन्सी शाखा प्रमुख भरत महतोको सहभागिता रहेको शिक्षक सज्जक खानले जानकारी दिनु भयो  

कार्यक्रममा विद्यार्थीहरुले गाँउपालिका उपाध्यक्ष श्रीवस्तवलाई मार्च पास गर्दै सलामी अर्पण गरेका थिए भने खेलको प्रमुख प्रशिक्षक नेपाल एथ्लेटिक्स संघका निर्वातमान प्रमुख प्रशिक्षक चन्द्र गुरुङ जनक केसी रहनु भएको नरैनापुर गाँउपालिकाले जनाएको तिन दिन सम्म चल्ने खेलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यपक, बिद्यार्थीको सहभागिता रहने प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयहरूको सहभागिता रहेको नरैनापुर गाउँपालिकाले जनाएको


error: यो सुविधा उपलब्ध छैन !