मृतक प्रहरी जवानका परिवारलाई रकम हस्तान्तरण


नेपालगञ्ज – बांके प्रहरीले मातहतका कर्मचारीसंग रकम संकलन गरेर हालै सवारी साधनकाे ठक्करबाट मृत्यु भएका प्रहरी जवान विशाल अाेलीकाे परिवारलाई हस्तान्तरण गरेकाे छ ।
मंसिर २८ गते बांकेकाे मदनचाेक बिटमा डिउटीमा रहदा प्रहरी जवान अाेलीलाई जीपले ठक्कर दिएकाे थियाे । उनकाे उपचारकाे क्रममा त्यही दिन मृत्यु भएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय, बांकेका प्रवक्ता डीएसपी नारायण डांगी र ईलाका प्रहरी कार्यालय, काेहलपुरका डीएसपी सुन्दर तिवारीले रुकुम पश्चिम मुसीकाेट पुगेर मृतक प्रहरी जवान अाेलीकाे परिवारलाई २ लाख सन्ताउन्न हजार नाै सय अठासी रुपैया सहयाेग गरेकाे हाे ।


error: यो सुविधा उपलब्ध छैन !