बिहीबारदेखि महाेत्सव

नेपालगञ्ज – एजी सर्भिस प्रालिले सञ्चालनमा गर्न लागेको छैठौं नेपालगञ्ज महोत्सवको तयारी पुरा भएको छ । नेपालगञ्जमा बिहीबारदेखि सञ्चालनमा आउन लागेको छैठौं नेपालगञ्ज महोत्सवको तयारी पुरा भएको हो । बुधबार आयोजकले पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पुरा भएको जानकारी गराएको छ ।
कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवद्र्धन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतिक प्रदर्शनी महोत्सवको तयारी पुरा भएको एजी सर्भिस प्रालिका अध्यक्ष तथा महोत्सवका संयोजक नन्दु बुढाले जानकारी गराउनुभयो । ‘कृषि प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको महोत्सवमा झण्डै ३ लाख  दर्शकले अवलोकन गर्ने अनुमान गरिएकाे छ ।
महोत्सवमा थारु गाउँ, बालउद्यान, सबै प्रकारका स्टल, घुम्ने पिङ, विविध कला संस्कृति, भेष भूषा, डान्स तथा नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ । महोत्सवलाई थप आकर्षण बनाउन नेपाल र भारत हरियाणाका चर्चित कुस्ती खेलाडीको समेत प्रतियोगिता रहने आयोजकले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा यही पुष ५ गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सव स्थलमा २ सय बढि कृषि तथा व्यापारीक स्टलहरु रहेका छन् । महोत्सव अवलोकनको समय विहान १० बजेदेखि साँझ ७ बजेसम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैँया र विद्यार्थीहरुका लागि ८० रुपैँया निर्धारण गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !