देहरादुनमा बाँकेका पाँच खेलाडी प्रथम


नेपालगञ्ज – भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा बाँकेका एक जना प्रशिक्षक र पाँच जना खेलाडी प्रथम भएका  छन् ।
उत्तराखण्ड तेक्वान्दो एशोसियसन तथा युपी गुडविल तेक्वान्दो एशोसियसनले आयोजना गरेको प्रतियोगितामा प्रशिक्षक चन्द्रप्रकाश श्रेष्ठ, खेलाडीहरु सागर धामी, विहान गोयल, अनुज गिरी, आभाष पराजुली, प्रिति विष्ट प्रथम भएका हुन् ।


तर्कराज देवकोटा, जुनु पासी, वियन्सा कक्षपति द्वितिय भएका छन् । युवराजसिंह ठकुरी, हर्केसिंह पाण्डे, अभिनव चौधरी तृतिय भएका छन् । प्रतियोगितामा भाग लिन टीम प्रशिक्षक उमादेवी थापा, व्यवस्थापक प्रवीणबहादुर ठकुल्ला र अन्तर्राष्ट्रिय रेफ्री प्रकाश लामिछाने गएका थिए । प्रतियोगितामा मंसिर २९, ३० र पुस १ गते भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !