प्रदेशले बनाएकाे कानुन कार्यान्वयन भएन
नेपालगञ्ज – लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले प्रदेशले बनाएकाे कानुन केन्द्रले नबनाउदा कार्यान्वयनमा समस्या भएकाे बताएका छन् ।
नेपालगञ्जमा पत्रकारसंग कुरा गर्दै सभामुख घर्तिमगरले लुम्बिनी प्रदेशले प्रदेश प्रहरी एेन र प्रदेश निजामति एेन २०८० बनाए पनि केन्द्रमा यी एेन नबन्दा कनर्यान्वयमा समस्या भएकाे बताए ।
सभामुख घर्तिमगरले लुम्बिनीले अबकाे हिउंदे अधिवेशनमा स्थानीय निजामति एेन २०८० बनाउने जानकारी दिए । लुम्बिनीले पहिला ७२ वटा र पछि ४ वटा कानुन बनाइसकेकाे छ । उनले संघीयता नियन्त्रित संघीयताजस्ताे रहेकाे बताउदै स्वयत्ततानहुंदा अप्ठेराे परेकाे बताए ।
एक प्रश्नमा सभामुख घर्तिमगरले प्रदेशकाे अाैचित्य सकिएकाे भन्ने बेला भइनसकेकाे बताए । उनले प्रदेशकाे सेवा प्रवाह सन्ताेषजनक नभएकाे स्वीकार गरे ।