चोरी भएको लेखा अधिकृतको मोटरसाइकल भेटियो


नेपालगञ्ज – बाँके प्रहरीले चोरी भएको डुडुवा गाउँपालिकाका लेखा अधिकृतले चढ्ने मोटरसाइकल फेला पारेको छ ।
भे १ व १७९६ नम्बरको मोटरसाइकल नेपालगञ्जको कारकादोबाट चोरी भएको थियो । प्रहरीले कारकादोबाटै भारत बहराइच थाना रुपैडिहा नानपारा बस्ने २० वर्षको अमन श्रीवास्तवलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ ।
पछिल्लो दुई महिनायता नेपालगञ्जमा २२ वटा मोटरसाइकल चोरी भएको प्रहरीमा निवेदन परेको छ । त्यसमध्येमा सात जना चोर र सात वटा मोटरसाइकल प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !