चरेश र अफिमसहित दम्पति पक्राउ


नेपालगञ्ज – बाँके प्रहरीले लागु औषध चरेश र अफिमसहित दम्पतिलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, कोहलपुर नगरपालिका वडा नं. ८ का ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षकी कविता थापा १२ किलो ७ सय ४ ग्राम चरेश र २ किलो एक सय १६ ग्राम अफिमसहित पक्राउ परेका छन् । राना दम्पतिले लागु औषधको कारोबार गर्छन् भन्ने गोप्य सूचना पाएपछि पुगेको प्रहरीले चेक गर्दा बा ५ प ८२१५ नम्बरको कारमा चरेश र अफिम फेला परेको हो ।
रेवन्तलाई यसअघि पनि लागु औषध ब्राउनसुगर, चरेश र सार्वजनिक अपराध मुद्दामा चलेको थियो ।
यस्तो मुद्दामा लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम १५ वर्षदेखि जन्म कैद र पाँच लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !