सडककाे तिहार पसलकाे राैनक(फाेटाेहरु)
नेपालगञ्ज – नेपालगञ्जकाे त्रिभुवनचाेकमा यतिबेला भिडभाड छ ।
तिहार नजिकिदै जादा सडकमा पसल राखिएपछि त्रिभुवनचाेकदेखि त्रिवेणीमाेडसम्म भिडभाड बढेकाे हाे ।
हिन्दुकाे ठूलाे चाडमा वर्षेनी याे सकडमा पसल राख्ने गरिन्छ । चाडमा बिच सडकमा पसल राख्नु परम्परा जस्तै भइसकेकाे छ । धेरै पहिलादेखि चाडबाडमा यहाँ पसल लगाउने गरिन्छ । केही पहिला उपमहानगरपालिका राेक्न खाेजेपनि परम्पराकाे रुपमा व्याख्या गरेर व्यापारीले विराेध गरेपछि पसल राख्न दिइएकाे थियाे ।
यतिबेला याे सडकमा घुइचाे छ । तिहारका हरेक सामान राखिएकाे छ । व्यापारीले भने यसपाली धेरै काराेबार नभएकाे बताइरहेका छन् । पसले ताम्बा लखेरले यसपाली धेरै काराेबार नभइरहेकाे बताए ।
सकडकाे बिचमा पसल राखिएपछि त्यहां चार पांग्रे सवारीलाई भित्र छिर्न दिइएकाे छैन । ट्राफिक र नगर प्रहरीले त्यसकाे व्यवस्थापन गरिरहेकाे छन् ।
याे सडकमा पसल राख्ने बित्तिकै कुनै चाड परेछ भन्ने बुझिन्छ । यहाँ यतिबेला फूल किलाेकाे दुई सयदेखि दुई सय पचास रुपैयामा काराेबार भइरहेकाे छ ।