४० जना घाइते लागे घरतिर
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा उपचार गराएका ४० जना घाइते घरतिर लागेका छन् ।
कात्तिक १८ गतेदेखि भेरीमा उपचार गराइरहेका उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेकाे हाे । डिस्चार्ज भएकाहरु बसमा बसेर घरतिर गएका छन् ।
भुकम्पबाट घाइते भएका उनीहरुलाई घर नजिकसम्म पुर्याउने गरि बसकाे व्यवस्था गरिएकाे थियाे । जाजरकाेटकाे खलंगा-अाठबिसकाेट, रुकुमकाे रिम्नासम्म बसकाे व्यवस्था गरिएकाे छ ।
घरमा जादा उनीहरुलाई २५ किलाे चामल, ५ किलाे दाल र २ लिटर तेल दिएर पठाइएकाे छ ।
भुकम्पका फाेकलपर्सन नरेश श्रेष्ठका अनुसार, अस्पतालमा अब १४ जनाकाे उपचार भइरहेकाे छ । याे अस्पतालमा ५८ जना अाएकाेमा एक जनाकाे मृत्यु र ३ जनालाई काठमाडाै रिफर गरिएकाे थियाे ।
अस्पतालमा बिरामीका लागि वाइफाइकाे सुविधा रहेकाे छ । उपचारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका चिकित्सकदेखि पालिकाका स्वास्थ्यकर्मी परिचालन रहेका छन् ।