राजमार्गमा विष्फोट !

नेपालगञ्ज – पूर्वपश्चिम महेन्द्र राजमार्गको ढकेरी क्षेत्रमा विष्फोट भएको छ ।
बाँकेको ढकेरीदेखि दुई किलोमिटर पूर्व राजमार्गको किनारमा विष्फोट भएको हो । विष्फोट कसले गरायो वा द्वन्द्वकालिन माइन विष्फोट भयो यकिन हुन सकेको छैन ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, राजमार्ग किनारमा राती विष्फोट भएको छ । विष्फोटबाट राजमार्ग अलिकति उप्किएको छ भने किनारमा खाल्डो परेको छ ।
राजमार्गमा उप्किएको र किनारमा खाल्डो परेको विहान देखेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले द्वन्द्वकालिन माइन विष्फोट भएको आशंका गरेको छ ।
घटनास्थल वरिपरि स्थानीयवासी गाईबस्तु चराउन, घाँस दाउरा गर्न गइरहन्थे । द्वन्द्वकालिन माइन भएको भए यतिका समयसम्म देखिनु पथ्र्यो । घटनास्थलमा चुनाजस्तो धुलो र खिया लागेको तारको टुक्रा भेटिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !