राेयलमा फेरि सूर्यमणि

नेपालगञ्ज – नेपालगञ्जका प्रतिष्ठित व्यक्तित्वहरु सम्मिलित राेयल नेपालगञ्ज फुटबल क्लवकाे अध्यक्षमा पुन: सूर्यमणि अधिकारी चयन भएका छन् ।

क्लवकाे प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले अधिकारीलाई अध्यक्षमा दाेहाेर्याएकाे हाे ।

क्लवकाे वरिष्ठ उपाध्यक्षमा सविन घिमिरे, उपाध्यक्षद्वयमा माेहन अधिकारी र माधव अर्याल, महासचिवमा दीर्घराज अाचार्य, काेषाध्यक्षमा अमृत श्रेष्ठ, सहकाेषाध्यक्षमा काैशल पाण्डे चयन भएका छन् ।

सदस्यहरुमा तपेन्द्र खड्का, ज्ञानमणि अधिकारी, सुभाष अधिकारी, भरत गाैतम, मनिष थापा, उमेश रेग्मी, रविन पाैडेल र दिनेश चटाैत रहेका छन् । सल्लाहकारमा किसन गुरुङ रहेका छन् ।

यसअघि प्रथमसत्रमा अध्यक्ष अधिकारी, उपाध्यक्ष घिमिरे, माधव अर्याल, पत्रकार कृष्ण अधिकारीले क्लवले गरेका गतिविधि र अब गर्नु पर्ने कार्यहरुकाे चर्चा गरेका थिए ।

राेयलले अाफ्नै एकेडेमीकाेबारे छलफल अघि बढाएकाे छ । जिल्लाकाे फुटबल गतिविधिमा राेयल अगाडि रहेकाे छ । उदयमान खेलाडीकाे प्राेत्साहनमा राेयल लागिपरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !