राप्तीसोनारीद्धारा नागरिक गुनासो एप्लीकेसन सार्वजनिक


राप्तीसोनारी – बाँकेको राप्तीसोनारी गाउँपालिकाले नागरिकसंग प्रत्यक्ष जोड्नका लागि गुनासो एप्लीकेसन सञ्चालनमा ल्याएको छ ।
गुनासो एप्लीकेसनको एक समारोहका विच गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शुभारम्भ गर्दै नागरिकलाई प्रत्यक्ष जोड्नका लागि यो एप्लीकेसन ल्याएको भन्दै जनताका गुनासो व्यवस्थापनमा सहजता आउने बताउनुभयो ।
उहाँले पालिकाले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकारिता र सेवाका बारेमा सबै नागरिकलाई जानकारी हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले भन्नुभयो–“अब जुन क्षेत्रबाट पनि गाउँपालिकाका कामहरु प्रति सजक र सहज बनाउन आम नागरिकले गुनासो गर्न पाउनु हुनेछ ।”
सेवाग्राहीले आफ्नो मोबाइलबाट डाउनलोड गरि उक्त एप्लीकेसनमार्फत प्रत्येक्ष गुनासो तथा कुरा गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको भौगोलिक क्षेत्र फराकिलो भएकाले टाढाका सेवाग्राहीलाई सहजताका लागि यो एप्लीकेसनले सहयोग गर्ने बताउनुभयो ।
एप्लीकेसनमा अध्यक्षसंग प्रत्यक्ष कुराकानी, गुनासो, योजना, बजेट, नागरिक वडापत्रका बारेमा जानकारीसंगै सबै क्षेत्रका बारेमा जानकारी लिने व्यवस्था रहेको पालिकाका आइटी अफिसर जर्नादन पौडेलले बताउनुभयो । उहाँका अनुसार उक्त एप्लीकेसनलाई अहिले परीक्षणको रुपमा शुरु गरिएको छ । शुभारम्भ कार्यक्रममा उपाध्यक्ष मनिषासिंह थारु, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 


error: यो सुविधा उपलब्ध छैन !