पूर्वराजाकाे धनगढी जाने कार्यक्रम स्थगित

नेपालगञ्ज  – पूर्वराजा ज्ञानेन्द्र शाहकाे धनगढी जाने कार्यक्रम स्थगित भएको छ।

धनगढीमा हुन थालेकाे नागरिक अभिनन्दनमा सरिक हुन पूर्वराजा धनगढी जाने कार्यक्रम थियाे । अायाेजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको छ।

मूल समारोह समितिका संयोजक जयन्त चन्दले सुरक्षाको कारण पूर्व राजपरिवारको सुदूरपश्चिम आउने कार्यक्रम स्थगित भएको बताएका छन्।

यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो।

नागरिक उन्मुक्तिको आन्दोलनका कारण भ्रमण रद्द भएको अाकलन गरिएको छ ।

पूर्वराजा बैशाख १५ गतेदेखि नेपालगञ्जमा छन् । १० दिने भारत भ्रमण गरेर फर्किएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !