नेपालगञ्जमा काेराेनाबाट मृत्यु

फाइल फाेटाे

नेपालगञ्ज – कोभिड भाइरस संक्रमणबाट भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

बाँके राप्तिसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका फिजिसियन डा. सुभाष जिसीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पतालमा लगियो थियो । उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो । उनलाई दमको पनि समस्या थियो ।


error: यो सुविधा उपलब्ध छैन !