बर्दियामा माइती उत्सव

बर्दिया – ३१ औं स्थापना दिवसको अवसरमा माइती नेपाल, बर्दियाले ३१ औं माइती उत्सव र्याली निकालेकाे छ ।

माइती नेपालले सधै गर्दै आइरहेको कार्यक्रमबारे सन्देश दिन उत्सव अायाेजना गरिएकाे संयाेजक गायत्री रिमालले जानकारी दिनुभयाे ।

कार्यक्रमामा जिल्ला प्रहरी कार्यालय, बबइ बहुमुखी क्याम्पसका शिक्षक-बिद्यार्थी, सहकारी र समुदायका महिलाको उपस्थिति रहेको थियो ।

माइती नेपालले स्थापनाकालदेखि नै मानव बेचबिखन रोकथाम, उद्दार र पुनर्स्थापनामा काम गर्दै आइरहेको छ । बर्दियाले चैत्रदेखि फागुनसम्ममा नाकाबाट ३ सय ९१ जनाकाे उद्दार गरेकाे छ । एक सय तीन जनाकाे खाेजतलासकाे निवेदन परेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !