सोलारबाट दश मेघावाट विद्युत उत्पादन

नेपालगञ्ज – बाँकेमा सोलारबाट दश मेघावाट विद्युत उत्पादन गरिएको छ ।

गोल्यान गु्रपले खजुरा गाउँपालिका वडा नं. ८, घियाबाट दश मेघावाट विद्युत उत्पादन गरेको हो ।

गोल्यान गु्रपका सिइओ प्रवीण अर्यालले विद्युतको परीक्षण शुरु गरेको जानकारी दिनुभयो । २२ विगाह जमिन किनेर १९ हजार चार सय सोलार प्यानल लगाएको गु्रपले एक सय १५ करोड खर्च गरेर दश मेघावाट विद्युत उत्पादन गरेको छ ।

उत्पादित विद्युत कोहलपुर प्रशारण लाइनमा जडान गरिएको छ । गु्रपले उत्पादित विद्युत सरकारलाई प्रतियुनिट सात रुपैया ३० पैसामा बिक्री गरेको छ । सात महिनामा दश मेघावाट विद्युत उत्पादन गरेको ग्रुपले त्यहीबाट अबको अढाई महिनामा थप दश मेघावाट विद्युत उत्पादन गर्ने जनाएको छ ।

यो गु्रपले सतबरिया, चन्द्रोटाबाट पनि विद्युत उत्पादन गर्ने तयारी गरेको छ । यी ठाउँमा जग्गा खरिद गरिसकेको ग्रुपले विद्युत खरिद बिक्री सम्झौता गर्न बाँकी छ ।

बाँकेको खजुराबाट उत्पादन भएको विद्युतले नेपालगञ्जको भोल्टेजको समस्या समाधानलाई ठूलो मद्दत पु¥याउने सम्बद्धले बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !