मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता हुँदै

नेपालगञ्ज – नेपालगञ्जमा मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मेयर कप पुरुष र उपमेयर कप महिलाको प्रतियोगिता हुन थालेको हो । संघले पत्रकार सम्मेलन गरेर सो बारेमा जानकारी दिएको छ ।

संघका अध्यक्ष सरोबर प्रसाईका अनुसार, पुरुषका बीचमा हुने मेयर कपमा २२ वटा टीमले भाग लिएका छन् भने महिलाको उपमेयर कपमा ६ वटा टीमले भाग लिएका छन् । मेयर कपको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार तथा उपमेयर कपको विजेताले २५ हजार र उपविजेताले १५ हजार र ट्रफी पाउने अध्यक्ष प्रसाईले जानकारी दिनुभयो ।

प्र्रतियोगितामा दुवैतर्फका प्लेयर अफ द सिरिजलाई ११ हजार र ट्रफी तथा प्रत्येक म्याचका प्लेयर अफ द म्याचलाई एक हजार पुरस्कार राखिएको छ ।

मंगलप्र्रसाद स्कूलको खेल मैदानमा हुने प्रतियोगितामा मेयर कपमा ६ वटा विद्यालय र १६ वटा क्लव तथा उपमेयर कपमा ६ वटा विद्यालयले भाग लिएका छन् ।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष सुफियान खान पठान, प्राविधिक संयोजक मनमोहन लम्साल, क्यानका पूर्व केन्द्रीय सदस्य सुनिलसिंह हमाललगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !