सन्तानेश्वर जाने पर्यटकलाई स्वागत


नरैनापुर – नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर- ६, कोहलामा स्वागत गरिएको छ ।
सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो ।
सन्तानेश्वर महादेव मन्दिर जान लागेका तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्धारमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं १ का अध्यक्ष इसाक जोलाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना शाखा प्रमुख प्रकाश अधिकारी, स्वकिय सचिव बिरजेन्द्र यादव, धिरज खड्का,  नरहरिनाथ योगी लगायतले स्वागत गरेका थिए ।
तिर्थालुसंग कुरा गर्दै अध्यक्ष शाहले नरैनापुर दुर्गमको नामबाट चिनिए पनि अब नरैनापुर सुगम बन्ने बताउदै नरैनापुरलाई पर्यटनको हबको बिकास गर्न तर्फ आफू लागि परेकोले आ – आफनो स्तरबाट सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
नरैनापुर गाउँपालिका भित्रिएका पर्यटकहरुलाई गाउँपालिका अध्यक्ष शाहले फुल र पानी दिएर स्वागत गरेका थिए ।

error: यो सुविधा उपलब्ध छैन !