दादुरा संक्रमण : खोपको दायरा बढ्दै, आयो तीस हजार डोज

नेपालगञ्ज – नेपालगञ्जमा दादुरा खोपको दायरा बढाउदै लगिएको छ ।

दादुरा संक्रमण देखिएपछि तीन वटा वडाबाट शुरु गरिएको खोप अभियान १४ वटा वडा पु¥याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा २३ वटा वडा रहेका छन् ।

दादुराविरुद्धको खोप मासिक नै लगाइन्छ । यसमा छुटेका धेरै बालबालिकामा दादुरा देखिएपछि विशेष अभियानको रुपमा अहिले खोप लगाइएको छ । सरकारले खोपलाई प्राथमिकतामा राखेपछि नेपालगञ्जका सबै वडामा खोप अभियान पु¥याउने तयारी गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार, वडा नं. १० मा पनि खोप लगाउन शुरु गरिएको छ । शुक्रबार १३ वटा खोप केन्द्रबाट खोप लगाइएको छ ।

नियमित अभियानमा खोप नलगाएकाहरु अहिले दादुरा संक्रमण देखिएपछि खोप लगाउन आइरहेका छन् । देशभर नै चर्चा भएपछि र दादुराबाट बालकको मृत्यु समेत भइसकेकाले खोप नलगाएर बसेकाहरु खोप लगाउन आएका छन् ।

खोप लगाउनेको संख्या बढ्दै गएपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० हजार डोज खोप पठाइदिएको छ । यहाँ ६ हजार पाँच सय डोज स्टक नै थियो । नेपालगञ्जमा अहिलेसम्म एक सय ३० जना दादुरा संक्रमण देखिएको छ । त्यसमा ७१ जनालाई सन्चो भइसकेको छ । नेपालगञ्जमा एकजनाको अस्पतालमा उपचार भइरहेको छ । खजुरामा दुई र कोहलपुरमा एक जनामा संक्रमण देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !