नदी कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता

नेपालगञ्ज – लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श अघि बढाउनुभएको छ ।

प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, नेपालगञ्ज पुगेर नदी कटान र सिंचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल गर्नुभएको छ । सांसद खत्रीले कार्यालयका निमित्त प्रमुख परशुराम चौधरीसँग मानखोला सहित पेडारी, किरण, जेठी नाला तथा करेली खोलाको कटान नियन्त्रणका लागि गर्नुपर्ने कामका बारेमा छलफल गर्नुभएको छ ।

मानखोलासहित विभिन्न खोलाको कटानका कारण बैजनाथ र खजुरा क्षेत्रको खेतियोग्य जमिन बर्षेनी बगरमा परिणत भइरहेको भन्दै खत्रीले नियन्त्रणका लागि मास्टरप्लान अनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।

कटान नियन्त्रणका लागि आवश्यक रणनीति बनाउन र डीपीआर तयार पार्ने उद्धेश्यले शनिबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख चौधरीसहित प्रदेश सांसद खत्री नदीले कटान गरेको स्थानमा अनुगमनका लागि जाने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !