चार जना सम्मानित


नेपालगञ्ज – जिल्ला विपद् व्यवस्थापन समिति, बांकेले चार जनालाई सम्मान गरेकाे छ ।

काेभिड- १९ महामारीकाे उपचार, राेकथाम, नियन्त्रण, खाेप तथा सूचना व्यवस्थापनमा गरेकाे याेगदानकाे उच्च कदर गर्दै समितिले रामकुमार साेनकर, नरेश श्रेष्ठ, तेज वली र रुपन ज्ञवालीलाई सम्मान गरेकाे हाे ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चारै जनालाई सम्मान गर्नु भएकाे थियाे ।

काेभिडकाे बेला सम्मानित चारै जना धेरै खटिएका थिए । सबै जना यस अघि पनि विभिन्न निकायबाट सम्मानित भइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !