नेपालगञ्जको ठाउँ–ठाउँमा बसेर सडकजाम

नेपालगञ्ज – ट्रकको ठक्करबाट साइकलयात्री विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर नेपालगञ्जमा चक्काजाम गरिएको छ ।

नेपालगञ्जको होप स्कूलमा १२ कक्षामा पढ्ने तेजन थापामगरको शनिबार ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । साइकलमा रहेका थापामगरलाई न्यूरोडस्थित भानुभक्तचोकमा ट्रकले ठक्कर दिएको थियो ।

घटनाका दोषीलाई कडा कारबाहीको माग राख्दै विद्यार्थीले नेपालगञ्जका ठाउँठाउँमा बसेर चक्काजाम गरेका छन् । कारकादो, धम्बोझीचोकलगायत ठाउँमा बसेर विद्यार्थीले सडक जाम गरेका छन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरले नारायणी समितिको ट्रक भएकाले उताबाट सम्बन्धित व्यक्तिहरु आइरहेको र यस विषयमा पीडित पक्षसँग पटक–पटक छलफल भइरहेको बताउनुभयो । ट्रक प्रहरी नियन्त्रणमा रहेको छ । विद्यार्थीले सडकमा ट्रक चालकलाई फाँसीको दिनुपर्ने नारा लगाएका छन् । नेपाली कानूनमा फाँसीको व्यवस्था छैन ।


error: यो सुविधा उपलब्ध छैन !