बाँकेको बाल सुधार गृहबाट भागेका चार जना प्यूठानमा पक्राउ
नेपालगञ्ज – बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना पक्राउ परेका छन् ।
पुस १४ गते बाल सुधार गृहबाट भागेका सुर्खेतका धर्म थापा, कैलालीका कृष्ण नगरकोटी र बुटवलका पुरन चौधरी र अविनाश पुनलाई प्रहरीले प्यूठानबाट पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले बाल सुधार गृहबाट भागेका चारै जनालाई प्यूठानबाट समातेको र बाँकेमा ल्याउदै गरेको जानकारी दिनुभयो ।
बाल सुधार गृहमा २ सय ३२ जना थिए । त्यसमध्येमा चार जना फरार भएका थिए । फरारमध्येमा तीन जना जबरजस्ती करणी र एक जना कर्तब्य ज्यान मुद्दाका अभियुक्त हुन् । अपराध गरेका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिएको छ ।