आठौं धारा नेपालगञ्ज म्याराथनमा सिद्धार्थ बैंकको सहकार्य

नेपालगञ्ज – यही मंसिर २४ गते शनिबार हुने आठौं धारा नेपालगञ्ज म्याराथनमा सिद्धार्थ बैंकले अफिसियल बैंकिङ पार्टनरका रुपमा साझेदारी गरेको छ ।

‘सम्बन्ध सधैंभरिलाई’ मूल नारा रहेको सिद्धार्थ बैंकका देशभर १ सय ९३ सेवाप्रदायक सञ्जाल रहेका छन् ।

बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपालगञ्ज म्याराथनसम्बन्धी सम्पूर्ण कारोबार सिद्धार्थ बैंकबाट गरिनेछ ।

गौतम बुद्धको जन्मथलो लुम्बिनीकै परिचयका रुपमा स्थापित नेपालगञ्ज म्याराथनसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उपप्रदेश प्रमुख गड्तौलाले बताए । क्रियटिभ गन्जका सिओओ शाहले सिद्धार्थ बैंकसँगको सहकार्यले अन्य निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्ने धारणा राखे ।

विश्व म्याराथनको नियमनकारी निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट रुट प्रमाणीकरण तथा पूर्णकालीन सदस्यता प्राप्तिपछि हुन लागेको आठौं संस्करणमा विदेशी धावकको समेत सहभागिता रहनेछ । धेरैभन्दा धेरै विदेशी खेलाडीलाई नेपालगञ्ज म्याराथनमा सहभागी गराइ यस ठाउँलाई गन्तव्यका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै जानुपर्ने सिओओ शाहको भनाइ छ ।


error: यो सुविधा उपलब्ध छैन !