साइकल दौडमा बोहोरा प्रथम
नेपालगञ्ज – पाँचौं मेयर कप साइकल दौड प्रतियोगितामा देबबहादुर बोहोरा प्रथम भएका छन् ।
नेपालगञ्ज उपहानगरपालिकाको सहकार्यमा नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको प्रतियोगितामा ३५ किलोमिटर तर्फ एमटिभी पुरुषमा बोहरा प्रथम, जङ्गु थारु दोस्रो र शिवप्रसाद थारु तेस्रो भएका हुन् । २५ किलोमिटर एमटिभी महिलातर्फ रुपा थारु प्रथम, सीता सार्की दोस्रो र पार्वती सार्की तेस्रो स्थानमा आउन सफल भए । बिजेता सीता र पार्वती जुम्ल्याहा दिदिबहिनी हुन् ।
४० बर्ष माथिको एमटिभी मास्टर समूहमा दिपक मल्ल प्रथम, बाबुराम बिश्वकर्मा दोस्रो र किरणप्रसाद श्रेष्ठ तेस्रो भए। साधारण साइकल पुरुषतर्फ रमेशकुमार थारु प्रथम, लिखनप्रसाद थारु दोस्रो र जुगलाल थारु तेस्रो भए । साधारण साइकल महिलातर्फ इन्दिरा थारु प्रथम, मिनाकुमारी थारु दोस्रो र कल्पना सार्कीे तेस्रो भए।
प्रतियोगितामा बिजेतालाइ नगद र मेडल र प्रमाणपत्र कार्यक्रम का प्रमुख अतिथि नेपालगञ्जका मेयर प्रशान्त बिष्टले प्रदान गर्नुभएको थियो भने एमटिभी पुरुष तर्फको पहिलो, दोस्रो र तेस्रो स्थानलाई बिबि साइकल सेन्टर र महिला तर्फ नेपालगञ्ज बाइसाइकल्स प्रालि ले विभिन्न जिन्सी उपहार प्रदान गरेको क्लबका सचीव तथा कार्यक्रम संयोजक प्रदीप सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रम क्लबका अध्यक्ष सतिश निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा सबै बिधामा गरि ६७ जना महिला र पुरुषले सहभागिता जनाएका थिए।