१८ वर्षमा विवाह गर्न पाउनु पर्ने स्वतन्त्र उम्मेदवार शेषको भनाई

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार ईरफान शेषले मुस्लिम युवतीले १८ वर्षमा विवाह गर्न पाउनु पर्ने बताउनु भएको छ ।

नेपालगञ्जमा ¥यालीसहित विभिन्न ठाउँमा कोण सभा गरेका उम्मेदवार शेषले १८ वर्षमा विवाह गर्न पाउने कुरालाई संसदमा उठाउने बताउनुभयो । ‘हाम्रा छोरीहरुले १८ वर्षमा विवाह गर्न पाउनु पर्छ, शेषले भन्नुभयो, मैले चुनाव जिते भने संसदमा यो विषय उठाउँछु ।’

नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष कायम गरिएको छ । यद्यपि, बाँकेलगायत तराईका जिल्लामा परम्पराको नाममा र सामाजिक सञ्जालको दुरुपयोग गर्दै बालविवाह भइरहेका छन् ।

रामलिला मैदान नजिकबाट निस्केको स्वतन्त्र उम्मेदवार शेषको जुलुशले नेपालगञ्जका विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !