बाँकेबाट प्लाइउड भारत निकासी
नेपालगञ्ज – बाँकेबाट प्लाइउड भारत निकासी भएको छ ।
शिखर प्लाइउडले सोमबार २८ टन प्लाइउड भारत पठाएको हो । शिखर प्लाइउडका प्रवन्ध निर्देशक चम्पालाल बोथराले सधैं भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ आइरहेकोमा अब यस क्षेत्रबाट भारत निकासी थालिएको बताउनुभयो ।
बोथरा आफैले इकुलिप्टिस र पोपुलर (लहरे पिपल) का तीन लाख विरुवा लगाउनु भएको छ । यहाँका अन्य किसानले दुई करोड विरुवा लगाएका छन् । कच्चा पदार्थमा आत्म निर्भर हुँदै गएपछि बाँकेबाट तयारी माल भारत पठाइएको बोथराले जानकारी दिनुभयो ।
भारतमा प्लाइउड पठाउन थालेपछि किसान थप उत्साहित भएका छन् । इकुलिप्टिस र पोपुलर लगाउने किसान बढ्दै गएका छन् । यही उत्पादन हुन थालेपछि भारतबाट आउने करोडौको कच्चा पदार्थ र तयारी माल रोकिने आशा गरिएको छ । बोथराले २६ वर्षदेखिको सपना भएको प्रतिक्रिया दिनु भएको छ ।