जसपाले खटायो घरदैलोका लागि सबै वडामा प्रतिनिधि
नेपालगञ्ज – दीपावली सकिएसँगै जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २ मा घरदैलो गर्न विभिन्न व्यक्तिलाई नेतृत्व सुम्पिएको छ ।
शनिबारबाट क्षेत्र नं २ मा पर्ने २७ वटै वडामा घरदैलो शुरु गर्ने तयारी गरेको जसपाले विभिन्न वडामा विभिन्न व्यक्तिलाई संयोजनको जिम्मा दिएको हो ।
घरदैलोका लागि जसपाले २७ वटै वडामा प्रतिनिधि खटाइसकेको छ । ५ दिन फिल्डमा तयारी गरेर प्रतिनिधिहरू आफूले जिम्मेवारी पाएको वडामा खट्न लागेको जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले जानकारी दिएका छन् ।
जसपाबाट क्षेत्र नं २ को उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई नेपालगञ्ज वडा नं २१ मा, प्रदेश सभा (क) का भण्डारीलाल यादव डुडुवाको वडा नं २ र प्रदेश सभा (ख) का उम्मेदवार आदेश कुमार अग्रवालले नेपालगञ्ज वडा नं ११ को नेतृत्व गर्ने भएका छन् ।
वडा नं १ मा बुद्धिसागर सुवेदी, वडा नं २ मा अरूण सिंह, वडा नं ९ मा राजन रानामगर, वडा नं १८ मा चिन्टु बर्मा, डुडुवाको वडा नं ४ मा अतहर हुसेन फारुकी लगायतका नेताले घरदैलोको नेतृत्व गर्दैछन् ।