खजुरा युनाइटेड र बाबास्थान सेमिफाइनलमा

नेपालगञ्ज – खजुराको केगाउँमा सञ्चालित स्व. तेजबहादुर ओली मेमोरियल फुटबल प्रतियोगितामा खजुरा युनाइटेड र बाबास्थान युनियन क्लव सेमिफाइनलमा पुगेका छन् ।

भारत लखनउका साहरा एफसी र एकेडेमीका व्यवस्थापक धनबहादुर ओलीले आफ्ना दाजु स्व. तेजबहादुर ओलीको सम्झनामा आयोजना गरेको एक लाख एक हजार पुरस्कार राशीको फुटबल प्रतियोगितामा शनिबार खजुरा युनाइटेडले साहरा एफसी, लखनउ र बाबास्थानले नवदुर्गा एफसीलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

खजुरा युनाइटेडले साहरा एफसीलाई ३–२ गोलले पराजित गरेको थियो । अर्को खेलमा बाबास्थानले नवदुर्गालाई ट्राइबेकरमा ५–४ गोलले पराजित ग¥यो ।

आइतबार हुने रारा र योगिनी क्लवबीचको खेलले सेमिफाइनल समीकरण पूरा हुनेछ । कोहलपुरको रेसिङ साहरा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतियोगितामा प्रथमलाई एक लाख एक हजार र द्वितियलाई ५१ हजार रुपैया पुरस्कार राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !