क्यान्सर अस्पतालको निर्देशकमा डा. भट्टराई

 

नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको नवनियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईलाई स्वागत गरिएको छ ।

अस्पतालको दुई वर्षबढी निर्देशक भएका डा. कृष्ण आचार्य भेरी अस्पताल, नेपालगञ्जमै फर्किएपछि डा. भट्टराई निर्देशकमा नियुक्त भएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभयो ।

नवनियुक्त निर्देशक डा. भट्टराईलाई आइतबार अस्पतालमा स्वागत गरिएको छ । काजबाट फेरि भेरीमा फर्किएका डा. आचार्यलाई बिदाई गरिएको छ ।

यो अस्पताल पश्चिम नेपालको एक मात्र सुविधासम्पन्न क्यान्सर अस्पताल हो । यद्यपि, यहाँ हुनुपर्ने डाक्टरको दरबन्दी छैन । काजमा, अस्पताल विकास समितिले करारमा राखेका डाक्टरले सेवा दिइरहेका छन् ।

क्यान्सर अस्पताललाई जनरल अस्पतालको रुपमा विकास गरिएको छ । क्यान्सरका भन्दा अन्य विरामी बढी आउने गरेका छन् । अस्पताल विकास समितिका अध्यक्ष मल्लले विशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना गर्दै केहीलाई करारमा राखेर भएपनि अस्पतालमा क्यान्सरलाई नै फोकस गरिने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !