जुडो खेलाडीलाई कालपृष्ठ दैनिकको सहयोग

नेपालगञ्ज – नेपालगञ्जको कालपृष्ठ दैनिकले आफ्नो २५ औं रजत जयन्तको अवसर पारेर मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई सहयोग गरेको छ ।

कालपृष्ठ दैनिकले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको मंगोलियन जुडो क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्रयाकसुट प्रदान गरेको हो । मंगोलियन क्लबबाट खेल्ने ८ जना खेलाडी लुम्बिनी प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्दैछन् ।

कालपृष्ठ दैनिकका प्रबन्ध निर्देशक कमल खत्री र कालपृष्ठ दैनिकका बजार प्रमुख दुर्गा पौडेलले मंगोलियन जुडो क्लबका प्रशिक्षक विजय गुरुङलाई संयुक्त रुपमा ट्रयाकसुट प्रदान गरेका थिए ।

नेपालगञ्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको कालपृष्ठ दैनिकले यस वर्ष आफनो स्थापनाको २५औं वर्ष मनाउने तयारी गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !