सँगै घरदैलोमा निस्किए एमाले र राप्रपाका उम्मेदवार

नेपालगञ्ज – बाँकेमा तालमेल गरेका एमाले र राप्रपाले संयुक्त रुपमा घरदैलो शुरु गरेका छन् ।

बाँके क्षेत्र नं. २ का उम्मेदवार डा. धवलशमशेर राणा र प्रदेश (ख) का उम्मेदवार निरक गुरुङले संयुक्त घरदैलोमा गरेका हुन् । अरु दल चुनावलाई व्यवस्थित गर्न प्रचार प्रसार समिति गठनका चरणमा रहेका बेला एमाले र राप्रपाले संयुक्त रुपमा घरदैलो पनि थालेका छन् ।

बाँके क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री डा. राणा प्रतिनिधि सभामा उम्मेदवार रहेका छन् भने दुवै प्रदेशमा एमालेका उम्मेदवार छन् ।
नेपालगञ्जमा उम्मेदवारहरु केही कार्यकर्तासहित मत माग्न निस्केका छन् । नेपालगञ्जमा अन्य ठूला दलका उम्मेदवार मत माग्न निस्किसकेका छैनन् । स्वतन्त्र उम्मेदवार दिवाकर खनालले बजार बाहिर प्रचार प्रसार गरिरहेका छन् ।

क्षेत्र नं. २ मा जसपाका मो. इस्तियाक राई, कांग्रेसका सुदीपनरसिंह राणालगायत उम्मेदवार छन् । यो क्षेत्रमा एमाले र राप्रपाको मात्रै तालमेल छ । अरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

जिल्लाका अन्य क्षेत्रमा एमाले र राप्रपासँगै कांग्रेस र माओवादीको तालमेल रहेको छ । चुनाव नजिकिदै जादा बजार र गाउँघरमा नेताहरुको चहलपहल बढेको छ ।


error: यो सुविधा उपलब्ध छैन !