एमाले र राप्रपाकाे जिल्लामा पनि सम्झाैता
नेपालगञ्ज – नेकपा एमाले र राप्रपाकाे बीचमा जिल्लामा पनि सम्झाैता भएकाे छ ।
केन्द्रकाे सम्झाैता अनुसार उम्मेदवारी दर्ता गरेका यी दलका जिल्ला नेताले साेमबार यहाँ पनि सम्झाैता गरेका हुन् ।
बांकेकाे तीन वटा निर्वाचन क्षेत्रमध्ये एमालेले दुई र राप्रपाले एउटा क्षेत्र लिएका छन् । प्रदेशकाे ६ वटा क्षेत्रमा एमालेले ५ र राप्रपाले एउटा क्षेत्र लिएकाे छ ।
एमालेका जिल्ला अध्यक्ष किस्मत कक्षपति र राप्रपाका अध्यक्ष नरेन्द्र पाैडेलले हस्ताक्षर गरेकाे सम्झाैतामा राप्रपाले क्षेत्र नम्वर २ काे प्रतिनिधि सभामा डा. धवल शमशेर राणा र क्षेत्र नम्वर १ काे प्रदेश सभा (क) मा नरेन्द्र पाैडेल र बांकी सबै सीटमा एमालेका उम्मेद्वार रहने छन् ।
एमालेबाट क्षेत्र नम्बर १ मा सूर्य ढकाल प्रतिनिधि सभा र प्रदेश सभा (ख) मा दुर्गा चाैधरी, क्षेत्र नम्बर २ मा प्रदेश सभामा विजय यादव र निरक गुरुङ, क्षेत्र नम्वर ३ मा किस्मत कक्षपति प्रतिनिधि सभा र प्रदेशमा भीम वली र रत्न खत्री उम्मेद्वार छन् ।