स्व. महेश थापा मेमोरियल फुटसल : अटोमोबाइल्स र बैकर्स फाइनलमा

नेपालगञ्ज – नेपालगञ्जको न्यूरोडमा रहेको नेपालगञ्ज फुटसल मैदानमा भएको स्व. महेश थापा मेमोरियल कप फुटसल प्रतियोगिताको फाइनलमा अटोमोबाइल्स र बैकर्स पुगेका छन् ।

अटोमोबाइल्सले किराना र बैकर्सले एमआरको टीमलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । फाइनलमा पुगेका दुवै टीमले ‘कमब्याक’ जीत निकालेका थिए ।

पहिलो खेलमा अटोमोबाइल्सले किरानालाई २–१ गोलले पराजित ग¥यो । सुनिल शाहीको गोलबाट अग्रता लिएपनि किरानाले त्यसलाई बचाउन नसक्दा पराजित हुन पुग्यो । अटोमोबाइल्सका मनिष थापाले बराबरी गोल गरेका थिए भने ज्ञानु अधिकारीले विजयी गोल गरे । यो खेलमा अटोमोबाइल्सका गोलकिपर कौशल पाण्डे म्यान अफ द म्याच भए । उनलाई व्यवसायी अगुवा श्यामसुन्दर अधिकारीले पुरस्कृत
गरे ।

अर्को खेलमा बैकर्सले एमआरलाई पेनाल्टीमा ३–२ गोलले पराजित ग¥यो । पेनाल्टीमा बैकर्सका गोलकिपर दिनेश चटौत नायक बने । उनले एउटा बल रोके ।

निर्धारित समयमा यी टोलीको दुई-दुई गोल भएको थियो । सन्तोष कोइरालाको दुई गोलले एमआरले अग्रता बढाएको थियो । दुई गोलले पछि परेको बैकर्सले कमब्याक गर्दै बराबरी गोल गरेको थियो । उसका लागि दिनेश चटौत र युवराज कुँवरले एक-एक गोल गरेका थिए । यो खेलमा बैकर्सका दिनेश चटौत म्यान अफ म्याच भए । उनलाई रविन पौडेल र निमबहादुर ताउलेले पुरस्कृत गरे ।

प्रतियोगिताको विजेतालाई ३१ हजार, ट्रफी, मेडल र सर्टिफिकेट तथा द्वितिय हुनेलाई २१ हजार, ट्रफी, मेडल र सर्टिफिकेट पुरस्कार राखिएको छ । फाइनल खेल बुधबार हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !