ईरिक्सा चालकको विरोध प्रदर्शन

नेपालगञ्ज – नेपाल ईरिक्सा व्यवसायी कम्पनी प्राली नेपालगञ्जले विरोध प्रदर्शन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले पार्किङस्थलको लागि आव्हान गरेको टेण्डर प्रक्रियालाई रद्द गर्नुपर्ने माग राखेर रिक्सा चालक आन्दोलनमा उत्रिएका हुन् ।

नेपालगञ्जमा आवश्यक भन्दा बढी ईरिक्सा भइसकेका छन् । ईरिक्सा भित्रिने क्रम अझै भइरहेको छ । ईरिक्साको व्यवस्थापनका लागि पार्किङस्थल बनाउने गरी उपमहानगरपालिका अगाडि बढिरहेको बेलामा उनीहरुले प्रदर्शन गरेका छन् ।

ईरिक्सा चालकले विभिन्न प्लेकार्ड बोकेर नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !