पक्राउ परे कलवार

नेपालगञ्ज – बाँके प्रहरीले लागु औषधी मुद्दामा फरार रहेका बखत यादव भन्ने भगेलु कलवारलाई पक्राउ गरेको छ ।

डुडुवा गाउँपालिका वडा नं. ४ का कलवारलाई लागु औषधी मुद्दामा अदालतले १५ वर्ष नौ महिना कैद र पाँच लाख रुपैया जरिवाना तोकेको छ । कलवारलाई अदालतले २०७८ फागुन २६ गते उक्त सजाय तोकेको थियो ।

प्रहरीले कलवारलाई पक्राउ गरेर अदालतसमक्ष बुझाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !