भारतबाट आएका तीन जनालाई कोरोना

फाइल फोटो

नेपालगञ्ज – भारतबाट आएका तीन जनालाई कोरोना देखिएको छ ।

नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा बुधबार एक सय ६५ जनाको जाँच गर्दा तीन जनालाई कोरोना देखिएको हो । हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, कोरोना देखिएको दुई जना बाँके र एक जना बर्दियाका हुन् । मंगलबार नाकामा एक सय ८६ जनाको जाँच गर्दा दुई जनालाई कोरोना देखिएको थियो ।

भारतबाट आएका व्यक्तिमा दैनिक नै कोरोना देखा परिरहेको छ । बाँकेमा अहिले २९ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमा एक जनाको अस्पताल र अरुको होम आइसोलेसनमा उपचार भइरहेको छ । बाँकेमा अहिलेसम्म ३ सय ५३ जनाको कोरोनाबाट मृत्यु भएको छ । २१ हजार ३ सय ४६ जनालाई कोरोना भएको छ । २० हजार ९ सय ६४ जना निको भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !