२३ दिन कैद तोकिएका गणेश पक्राउ
नेपालगञ्ज – लागु औषधी मुद्दामा २३ दिनको सजाय तोकिएका कोहलपुरका गणेश बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
बुढालाई जिल्ला अदालतले २०७८ चैत्र ९ गते २३ दिन कैदको फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका बुढालाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।