८८ प्रतिशत राजश्व संकलन

नेपालगञ्ज – नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यको ८८ प्रतिशत राजश्व संकलन गरेको छ ।

भन्सारले आर्थिक वर्ष २०७८।७९ मा २२ अर्व ३२ करोड रुपियाँ राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८८.५ प्रतिशत राजश्व सङ्कलन हो ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख अर्जुनकुमार न्यौपानेका अनुसार, भन्सार विभागले गत आवमा नेपालगञ्ज भन्सार कार्यालयलाई राजश्व सङ्कलनका लागि २५ अर्व २१ करोड रुपियाँको लक्ष्य निर्धारण गरेको थियो ।

नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्य बढिसँगै पुस महिनादेखि लागु भएको एलसी र विभिन्न वस्तुमा लगाइएको आयात प्रतिवन्धका कारण भन्सार राजश्व लक्ष्य अनुसार पुरा हुन नसकेको जनाएको छ । विभिन्न ४७ वर्गका वस्तु आयातका लागि एलसी गर्नुपर्ने भएपछि ब्यापार सङ्कुचन भएको भन्सार कार्यालयले जनाएको छ ।

सवारी साधन, २५० सिसी भन्दा माथिका मोटरसाईकल, खेलौना, तास, टिभी लगायतमा गरिएको प्रतिवन्धका कारण पनि राजश्व सङ्कलनमा प्रभाव  छ ।


error: यो सुविधा उपलब्ध छैन !