विश्वविद्यालयकाे मुद्दालाई साझा बनाइने

नेपालगञ्ज – खजुरामा स्थापना हुने विश्वविद्यालय बारे नागरिक सरोकार बढेको छ । शनिबार खजुरामा सरोकारवाला निकायवीच भएको छलफलमा साझा मुद्दामा एकजुट हुने राजनीतिक सहमति जुटेको छ । विश्वविद्यालयका लागि आफू अध्यक्ष हुँदा योगदान पुर्याएका खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले साझा मुद्दामा एक भएर लाग्न आग्रह गर्दै खजुरामा हुने विश्वविद्यालयका लागि सबै सरोकारवाला एक भएर लाग्नु पर्ने बताए । साझा सवालमा राजनीतिक आस्था थाँती राख्नु पर्ने र स्थापना हुने विश्वविद्यालय अरु योजना जस्तो हुन नहुनेमा विबेकप्रताप मल्लले आफ्नो धारणा राखेपछि सबैले सो कुरामा सहमती गरेका थिए । खजुराको क्यान्सर अस्पतालमा भएको कार्यक्रममा शिक्षा क्षेत्रका जानकार विज्ञ लगायतले खजुरामा प्राविधिक विश्वविद्यालयको अधिकतम सम्भावना रहेको बताए । कार्यक्रममा कविन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गर्दा प्रदेश सांसद आइपी खरेल, कृष्ण केसी नमुना, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक तुफान, शिक्षा विद जनार्दन आचार्य लगायत नागरिक स्तरका सरोकारवालाले आफ्नो धारणा राखदै विश्वविद्यालयको स्थापनामा सबै आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।

 


error: यो सुविधा उपलब्ध छैन !