नरैनापुर र राप्तीसाेनारी पूर्ण खाेप सुनिश्चितता तथा दीगाेपना घाेषणा
नेपालगञ्ज – बांकेका दुई वटा गाउंपालिकालाई शुक्रबार पूर्ण खाेप सुनिश्चितता तथा दीगाेपना घाेषणा गरिएकाे छ ।
नरैनापुर र राप्तीसाेनारी गाउंपालिकालाई एक समाराेहकाे बीच पूर्ण खाेप सुनिश्चितता तथा दीगाेपना घाेषणा गरिएकाे हाे ।
नरैनापुरमा गाउंपालिकाका अध्यक्ष माे. ईस्तियाक अहमद शाह र स्वास्थ्य कार्यालय, बांकेका प्रमुख धीरजंग शाहले उक्त घाेषणा गर्नुभयाे ।
राप्तीसाेनारीमा जिल्ला समन्वय समितिका संयाेजक ज्ञानेन्द्र चाैधरी, गाउंपालिकाका अध्यक्ष तप्त पाैडेल, उपाध्यक्ष मनिषासिंह चाैधरी, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहलगायतकाे उपस्थिति थियाे ।
याेसंगै जिल्लाका अाठ वटै पालिकालाई पूर्ण खाेप तथा दीगाेपना सुनिश्चितता घाेषणा गरिएकाे छ ।