प्याब्सनले बनायो, शिक्षा मन्दिर
नेपालगञ्ज – निजी विद्यालयको छाता संगठन प्याब्सन बाँकेले आफ्नै भवन (शिक्षा मन्दिर) बनाएको छ ।
भवनको बुधबार प्याब्सनको राष्ट्रिय अध्यक्ष डीके ढुंगानाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । अध्यक्ष ढुंगानाले अब निजी विद्यालयले रोजगार र सीपमूलक शिक्षामा जोड दिनु पर्नेमा जोड दिनुभयो ।
प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर रावतले गुणस्तरीय शिक्षामा निजी विद्यालयले अहम भूमिका खेलेको बताउनुभयो ।
५० लाख लागतमा बनेको भवन उद्घाटन समारोहमा प्याब्सनका राष्ट्रिय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव आरबी कटवाल, जिल्ला शिक्षा समन्वय इकाईका उद्धव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । दुई सय जना अट्ने हल बनाइएको छ ।