एन्फा केन्द्रीय सदस्यमा बाँकेबाट दुई जनाको उम्मेदवारी

नेपालगञ्ज – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यका लागि बाँकेबाट दुई जनाको उम्मेदवारी परेको छ ।

केन्द्रीय सदस्य नै रहेका प्रदेशसिंह राठौर र जिल्ला अध्यक्ष भोजराज शाहीले फरक–फरक प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

असार ६ गते हुने एन्फाको निर्वाचनमा हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् । बाँकेबाट शेर्पाको प्यानलबाट राठौर र नेम्वाङको प्यानलबाट शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

बाँकेको फुटबलमा शाही र राठौर दुवैले महत्वपूर्ण भूमिका खेलेका छन् । दुवै जनाले दुई दशक बढीदेखि जिल्लाको फुटबलको विकासका लागि काम गरिरहेका छन् । पटक–पटक जिल्ला अध्यक्ष भएर केन्द्रीय सदस्यसमेत पटक–पटक राठौर र जिल्ला अध्यक्ष पटक–पटक भइसकेका शाहीका बीचमा केन्द्रीय सदस्यका लागि कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

हालै सम्पन्न जिल्लाको निर्वाचनमा राठौर शाहीलाई अध्यक्ष हुनबाट रोक्न लागि परेका थिए । सफल भएनन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राठौर र शाहीले देशभरबाट मत ल्याउनु पर्छ । एन्फामा ८७ मत रहेको छ । ४७ वटा जिल्ला, ए,बी,सी डिभिजन, एन्फा प्रेसिडेन्ट लिगमा सेमिफाइनलमा पुगेका चार वटा क्लवले निर्वाचनमा भाग लिन पाउँछन् ।

जिल्लाबाट एक जनाको मात्रै केन्द्रीय सदस्यमा उम्मेदवारी पर्दा जितिरहेको बाँकेले यसपटकको निर्वाचनमा दुवै जनालाई जिताउँछ, हराउँछ वा एक जनालाई जिताउँछ त्यो असार ६ गते थाहा हुने जानकारहरु बताउँछन् । बाँके जिल्लामा फुट आएकाले यहाँको फुटबल विकासमा भने यसले असर पार्ने देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !