नेपालगन्जमा सात हजार बढीले प्रशान्त अगाडि


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका प्रशान्त विष्टले सात हजार बढीकाे अग्रता लिएका छन् ।
नगरका १४ वटा वडाकाे नतिजा अाउदा प्रशान्तले १३ हजार ५ सय ४७ मत ल्याएका छन् ।
निकटतम प्रतिस्पर्धी एमालेका पशुपतिदयाल मिश्रले ६ हजार ३ सय ९७ मत ल्याएका छन् ।
राप्रपाका नन्दलाल बैश्यले ५ हजार ३ सय ४५ मत ल्याएका छन् ।
उपमेयरमा गठबन्धनका कमरुद्दिन राईले १० हजार ८ सय ४१, एमालेका शान्ति ढकालले ६ हजार ७९ र राप्रपाका विन्दु चर्तिमगरले ६ हजार ९ सय ७१ मत ल्याएका छन् ।
१४ वटा वडामध्ये एमालेले ४, नेपाली कांग्रेस र जसपाले ३/३, राप्रपार र माअाेवादी केन्द्रले २/२ वडा जितेका छन् ।
नेपालगन्जमा अब ९ वटा वडा गन्न बांकी छ ।


error: यो सुविधा उपलब्ध छैन !