नेपालगन्जमा प्रशान्त २३ सयले अगाडि
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनका प्रशान्त विष्ट दुई हजार तीन सय मतले अग्रता लिएका छन् ।
पांच वटा वडाकाे मत गनिसक्दा विष्टले चार हजार दुई सय ५७ मत ल्याएका छन् ।
एमालेका पशुपतिदयाल मिश्रकाे एक हजार अाठ सय ८७ र राप्रपाका नन्दलाल बैश्यले एक हजार ६ सय ३५ मत ल्याएका छन् ।
उपमेयरमा गठबन्धनका कमरुद्दिन राईकाे दुई हजार नाै सय ६९, एमालेका शान्ति ढकालकाे एक हजार सात सय १९ र राप्रपाका दुई हजार शएक सय ५५ मत ल्याएका छन् ।
याे नेपालगन्जकाे वडा नम्बर १, २, २१, २२ र २३ काे अन्तिम नतिजा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।