जसपाले मुद्दा मिल्नेसँग गठबन्धन गर्ने

नेपालगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारी सदस्य अक्बल अहमद शाहले स्थानीय निकायको निर्वाचनमा मुद्दा मिल्नेसँग गठबन्धन हुने बताउनु भएको छ ।

पार्टीले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमन्त्री शाहले महानगरपालिकामा केन्द्रबाट र उपमहानगरपालिका, नगरपालिका र पालिकामा जिल्लाले नै पार्टीको हित र उम्मेदवारको सहजलाई हेरेर गठबन्धन गर्ने बताउनुभयो ।

‘हाम्रो पार्टीले मुद्दा मिल्नेसँग गठबन्धन गर्छ । अहिलेसम्म कुनै पनि दलसँग ठोस वार्ता भएको छैन, शाहले भन्नुभयो, एकपटक कांग्रेस सभापति शेरबहादुर देउवा र एकपटक एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा भएको थियो ।’

पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा महमुद आलाम सिद्धिकी र उपमेयरमा ममता बनियालाई अघि सारेको छ । अरु पालिकाको उम्मेदवारका विषयमा छलफल भइरहेको छ ।

जिल्ला अध्यक्ष लक्ष्मीनारायण बर्माले जानकी गाउँपालिकाको उपाध्यक्षमा प्रभादेवी मिश्रलाई अगाडि सारिएको बताउदै अन्य पालिकामा अहिलेसम्म क्लियर नभएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !