तस्बिरमा नेपालगञ्ज उद्योग बाणिज्य संघको वार्षिक साधारण सभा

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा भएको छ ।

वार्षिक साधारण सभाको एक समारोहका बीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गर्नुभयो ।

साधारण सभाको उद्घाटन सत्रमै महासचिव चिरञ्जीवी वलीले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो ।

विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएको उद्घाटन सत्रमा पत्रकारसहित आठ जना व्यवसायीलाई सम्मान गरिएको थियो । संघले सूचना तथा प्रविधि एप्सको उद्घाटन गरेको छ । अब अनलाइनबाटै नयाँ सदस्यता र नविकरण हुन्छ । संघको नेतृत्व गरेका दिवंगत चार जना अध्यक्षको फोटोमा माल्र्यापण गरिएको थियो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्ने प्रदेश मन्त्री खड्कासहित नेता तथा व्यवसायीले बाँकेको आर्थिक क्षेत्रको प्रवद्र्धनका विषयमा मन्तब्य राखेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !