धामपुरमा शित भण्डारको शिलान्यास

राप्तीसोनारी – राप्तीसोनारी गाउँपालिकामा शित भण्डारको शिलान्यास गरिएको छ ।
गाउँपालिकाको धामपुरमा सोमबार पालिका अध्यक्ष लाहुराम थारुले शित भण्डारको शिलान्यास गर्नुभयो ।
एक करोड बढीको लागतमा ६ सय ४० क्वीन्टल बढी क्षमताको शित भण्डार बन्ने भएको हो । ग्राृ अप कन्स्ट्रक्सन विल्डर्स प्रालिले ठेक्का लिएको शित भण्डार असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
गाउँपालिकाका अध्यक्ष थारुले शित भण्डार बन्दा राप्तीसोनारीका किसानलाई ठूलो फाइदा पुग्ने बताउनुभयो ।
शित भण्डार बन्दा आलु र प्याजको खेती गर्ने किसान लाभान्वित हुनेछन् । शिलान्यास कार्यक्रममा वडाध्यक्ष कान्छा थारुलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !