१९ जनाको परीक्षण गर्दा कोरोना पुष्टि भएन
नेपालगञ्ज – बाँकेमा बुधबार कसैलाई पनि कोरोना देखिएन ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, १९ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
भेरी अस्पतालमा ६ जना र कोहलपुर मेडिकल कलेजमा १३ जनाको कोरोना परीक्षण भएको थियो ।
जिल्लामा सक्रिय संक्रमित ५ जना रहेका छन् । एक जनाको अस्पतालमा उपचार भइरहेको छ । दुई जना डिस्चार्ज भएका छन् ।